धनगढी। विश्व हिन्दु विद्यार्थी संघ कैलालीले बिहीबार धनगढीमा ग्रेडरले कुल्चिएर मृत्यु भएकी पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउँदको न्याय र दोषि माथि कडा कार्वाही गर्न माग गरेको छ। धनगढीको हसनपुरस्थित पञ्चोदयमा ८ मा अध्यनरत बैतडी डिलासैनि गाउपालिका ६ का गणेश साउदकी १५ बर्षीय छोरी चेतनाको स्कुल जाने क्रममा ग्रेडरले कुल्चेर घटना स्थलमा नै मृत्यु भएको थियो।
विश्व हिन्दु विद्यार्थी संघ कैलाली जिल्ला अध्यक्ष तेज जंग मल्लद्धारा जारी गरिएको प्रेश बिज्ञप्ती मार्फत चेतनाको न्याय, दोषि माथि कार्वाही तथा पक्राउ परेका विद्यार्थीलाई तुरुन्त रिहा गर्न माग गरिएको हो। उनले प्रेश बिज्ञप्ती मार्फत चेतनाको ग्रेडरको ठक्करबाट मृत्यु भएकोमा अत्यन्त मर्माहित भएको बताउँदै शोकको यस घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ।
प्रेश बिज्ञप्तीमा भनिएको छ, उनको न्यायका लागि कैलाली को धनगढी मा भइरहेको विद्यार्थी हरुको आन्दोलनमा एक्यवद्धता जनाउदै विद्यार्थीमाथी जिल्ला प्रशासन कार्यालयले शान्तिपूर्ण आन्दोलन गरिरहेकै बेला हिंसात्मक व्यवहार भएझैं गरि जिल्ला प्रशासन कार्यालय कैलाली ले निषेधाज्ञा जारि गर्नु अत्यन्तै दुखत र विद्यार्थी माथिको अन्याय हो। शान्ति पूर्ण आन्दोलन गरिरहेकै बेला निषेधाज्ञा जारि गर्ने प्रशासन र स्कुल को पोसाकमा रहेका कलिला विद्यार्थी माथी प्रहरीले गरिरहेको दमन प्रति विश्वहिन्दु विद्यार्थी संघ खेद प्रकट गर्दछ, भनिएको छ। बिद्यार्थी भोलीका कर्ण धार हुन्। बिद्यालय शान्ति क्षेत्र हो। त्यहाँ पढिरहेका विद्यार्थी त्यो क्षेत्र का दुत हुन् । ती दुतहरुले आफ्नो साथी को न्यायका लागि शान्तिपूर्ण आन्दोलन गर्दा निषेधाज्ञा जारी किन गरियो ? र विद्यार्थी माथी चरम दमन किन गरिदैछ ? यस्ता कार्य तुरुन्त बन्द गर्दै चेतनालाई न्याय दिदै दोषि माथि कानुन बमोजिमको कार्वाही गरि , गिरफ्तार गरेका विद्यार्थी हरुलाई तुरुन्त रिहा गर्न हाम्रो संगठन जोरदार माग गर्दछौं, भनिएको छ।