स्याङ्जा। स्याङ्जा निर्वाचन क्षेत्र नं२ क मा नेपाली कांग्रेसका भोजराज अर्याल निर्वाचित हुनुभएको छ । अर्यालले निकटतम् प्रतिस्पर्धी नेकपा –एमालेका मोहनप्रसाद रेग्मीलाई २ हजार ७ सय ३० मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो। अर्यालले १५ हजार १ सय ६१ मत ल्याउनु भयो भने रेग्मीले १२ हजार ४ सय ३१ मत ल्याउनुभयो ।
रेग्मी गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य समेत रहनुभएको छ । रेग्मी २०७४ सालमा यही क्षेत्रबाट ३ हजारभन्दा धेरै मतान्तरले निर्वाचित हुनुभएको थियो । तर यो पटक भने आफू विजयी हुँदाको जस्तै मतान्तरबाट पराजित हुन पुग्नुभयो । रेग्मी एमालेको सङ्गठन मजबुत रहेको आफ्नै वडामा समेत पछाडि पर्नु भएको थियो । विवादका कारण मतदान भएको १० दिनपछि यो क्षेत्रका मतगणना भएको हो । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी छ ।