धनगढी। धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते भएका छन्। धनगढी उपमहानगरपालिका २ भन्सारबाट हुलाकी सडकखण्डतर्फ जाँदै गरेको से ५ प ९०७७ नम्बरको मोटरसाइकल दुर्घटना हूँदा एक जना घाईते भएका छन्।
उनको परिचय खुलेको छैन् । २२ वर्षीय गम्भीर घाइते भएका उनको धनगढीस्थित सेती प्रादेशिक अस्पातालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बिहीबार (हिजो) राति धनगढी-२ का सियाराम मण्डलको घरमा पार्किङ गरी राखेको उक्त नम्बरको मोटरसाइकल चोरी भएको बताए।
शुक्रबार बिहान प्रहरीमा चोरीबारे खबर गरिएको थियो। त्यसपछि खोजतलास सुरु गरेको प्रहरीले आज सो मोटरसाइकल दुर्घटना भएको अवस्थामा फेला पारेको हो। मोटरसाइकल आफै अनियन्त्रित भई रोडको साइडमा रहेको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ।