धनगढी। धनगढीमा एक छात्राको मृत्युपछि आन्दोलनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहान धनगढी ५ हसनपुरस्थीत पिपल चौतारा नजिक पानिपिच गरिरहेको ग्रेडरले कुल्चीदा स्कुल गइरहेकी धनगढी ५ तारानगरकी १४ बर्षिया चेतना साउदको मृत्यु भएको थियो।
ग्रेडरले कुल्चिएर छात्राको मृत्यु भएको भन्दै विद्यार्थीहरु आन्दोलीत बनेका थिए । न्यायको माग सहित आन्दोलीत बनेका पञ्चोदयका केही बिद्यार्थी बालबालिकालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको हो। मृतक साउँद पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत थिइन् । आन्दोलीत बनेका उनीहरुले सडकमा टायर जलाउँदै सडक अवरुद्ध पारेका थिए । भने पसल बन्द गराइरहेका थिए। ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरका चालक चितवन भरतपुर महानगरपालिका २८ का २७ बर्षीय विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।उनीहरुले जिल्ला प्रहरी कार्यालय कैलाली अगाडी पनी टायर बालेर प्रदर्शन गरेका थिए ।