डोटी। डोटीको दीपायल सिलगढी नगरपालिकामा मिनी ट्रक दुर्घटना भएको छ। डोटीको दीपायल सिलगढी नगरपालिका-५ जिरो प्वाइन्टमा से१क ११५९ नम्बरको मिनी ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार पसलको खुद्रा सामान बोकेको उक्त ट्रक सडकबाट करिब ६० मिटर तल खसेको जनाइएको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। ट्रक चालक फरार रहेका र उनको खोजी भइरहेको बताइएको छ।