कञ्चनपुर। कञ्चनपुरमा साथीको घरमा सुतेका एक जना युवक मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासी बस्ने तारा दत्त भट्टको घरमा सोही नगरपालिका–११ बस्ने २३ वर्षीय पुरन चौधरी मृत फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले सँगै राति सुतेका भट्ट र चौधरी साथी भएको बताए । सोमबार बिहान चौधरी मृत अवस्थामा फेला परेको जानकारी दिए।
उनले घटनाको बारेमा थप अनुसन्धान भैरहेको र पोष्टमार्टम रिर्पोट आएपछि मात्रै मृत्युको कारण खुल्ने जानकारी दिएका छन् ।