बैतडीमा प्रतिनिधि सभा समानुपातिक तर्फ सबैभन्दा बढी मत नेकपा एमालेलाई प्राप्त भएको छ । शनिबार राति सम्पन्न मत गणना अनुसार एमालेले सबैभन्दा बढी २९ हजार ४० मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले २४ हजार ५ सय र नेकपा माओवादी केन्द्रले ११ हजार ४० मत प्राप्त गरेको छ ।
यस्तै राप्रपाले १ हजार ९८८ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले १ हजार ४ सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य ४२ दलले ५ सय भन्दा कम मत प्राप्त गरेको जनाइएको छ ।
प्रतिनिधि सभा समानुपातिक तर्फ ७७ हजार ७७६१ मत खसेकोमा ७२ हजार ३४० मत सदर भएका छन् भने ५ हजार ४२१ मत बदर भएका छन् ।
यस्तै प्रदेश सभा समानुपातिक तर्फ पनि एमालेलाई नै बढी मत प्राप्त भएको छ । प्रदेश सभा सदस्य समानुपातिक तर्फ एमालेले ३० हजार ८७९ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले २१ हजार ६१९ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले १३ हजार १०२ मत प्राप्त गरेर तेश्रो भएको छ । यस्तै राप्रपाले २ हजार ११२ र एकीकृत समाजवादीले १ हजार ८४५ मत प्राप्त गरेको छ । अन्य २९ दलले ५ सय भन्दा कम मत प्राप्त गरेका छन् ।
प्रदेश सभा सदस्य समानुपातिक तर्फ ७७ हजार ४२३ मत खसेकोमा ७२ हजार ३६८ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै ५ हजार ५५ मत बदर भएका छन् ।