कञ्चनपुर। कञ्चनपुरको दोधाराचाँदनी झोलुंगे पुलमा लडेर एक महिलाको मृत्यु भएको छ। पुलको फलामे पट्टामा खुट्टा अड्किएर लडेकी दोधाराचाँदनी नगरपालिका–७ की ७० वर्षीय अमृता मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले पुलको पटरामा खुट्टा अड्किएर लडेकी उनको घटनास्थलमै मृत्यु भएको उनले बताए। घटनाबारे थप अनुसन्धान भैरहेको उनले जानकारी दिए। महाकाली नदीको दक्षिण एसियाकै दोस्रो लामो उक्त झोलुंगे पुल जीर्ण अवस्थामा पुगेको छ। पुल जीर्ण हुँदा महाकाली पारि दोधराचाँदनीसम्म आवतजावत गर्न समस्या भएको स्थानीयले बताएका छन्।