कञ्चनपुर। कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा ट्याक्टरको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको हो । तर उनको परिचय खुलेको छैन् ।
आज बिहान जिल्लाको शुक्लाफाँटा ११ कलुवापुर पेट्रोल पम्प नजिक से २ त २४७९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा साइकलमा सवार उनको मृत्यु भएको प्रहरीले बताएको छ। ट्याक्टर चालक शुक्लाफाँटा नगरपालिका घर भएका अन्दाजी २३ वर्षीय सुनिल रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनाका बारेमा अनुसन्धान भैरहेको छ।