डडेल्धुरा। डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा ताराप्रसाद जोशी विजयी भएका छन्। प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई पराजित गर्दै जोशी विजयी भएका हुन्।
स्वतन्त्र उम्मेदवार जोशीले ११ हजार १ सय ७० मत ल्याएका छन्। वाम–लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेसका उम्मेदवार बोहराले १० हजार ९ सय ७० मत पाए । बोहरा ४८० मतले पराजित भए । बोहरा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रीसमेत भएका थिए ।