कञ्चनपुर। कञ्चनपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा वाम लोकतान्त्रिक गठबन्धन (काँग्रेस) का उम्मेदवार बहादुर सिंह थापा विजयी भएका छन्। थापाले एमाले उम्मेदवार कृपाराम रानालाई १ हजार ७२६ मतले पछि पार्दै बिजयी भएका हुन्।
थापाले १० हजार ६६८ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी रानाले ८ हजार ९४२ मत पाएका छन्। प्रदेशसभा १ मा पनि बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादीका ओमविक्रम भाट (सरल) विजयी भइसकेका छन्।प्रतिनिधि सभातर्फ पनि कांग्रेसका एनपी साउदले अग्रता बनाइरहेका छन् । यहाँ एमालेबाट नरबहादुर धामी उम्मेदवार छन् ।