कैलाली। कैलाली निर्वाचन क्षेत्र नम्बर २ क मा नागरिक उन्मुक्तिले मत परिणाममा अग्रता लिएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर २ को क मा ७ हजार ६ सय २ मत गणना हुँदा नागरिक उन्मुक्तिका रतन थापा ३४५५ मतका साथ अगाडि छन्।
दोस्रोमा नेपाली काँग्रेसका कमल शाहले २०२२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार कमला ओलीले १२४६ मत ल्याएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश १ मा त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको मत छ। यस्तै,त्यसपछि नेपाल लोकतान्त्रिक पार्टीको मत छ ।


