धनगढी। कैलाली क्षेत्र नम्बर–५ को मतगणना मंगलबार (भोलि) ८ बजेदेखि हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढी कैलालीले एक सुचना जारी गर्दै भोलि बिहान ८ बजेदेखि मतगणना सुरु हुने भएको हो।
सर्वदलीय बैठकको निर्णयअनुसार भोलि मतगणना सुरु हुने जनाएको हो । जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले कैलाली ५ का मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना भोलि गर्ने निर्णय गरिएको बताए।
निर्वाचनको बढ्दो दौडधुपका कारण उनी बिरामी परेको बताइएको छ। उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ। कैलाली- ५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन्।