डडेलधुरा।डडेल्धुरामा मतगणना सुरु भएको छ। ग्रामिण क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएपछि ढिलो गरी मतगणना सुरु भएको हो। आइतबार सबै मतदान केन्द्रमा मतदान सकिए पनि सडकको दूरावस्थाका कारण ग्रामिण क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएपछि सोमबार अपराह्न मतगणना सुरु भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला रहेको डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका लागि देउवासहित ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। देउवाको प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेस (बी.पी.)का उम्मेदवार कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकाललाई हेरिएको छ। देउवा २०४८ साल यता डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन्।