बैतडी। बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएकाहरुको पहिचान खुलेको छ। सोमबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ थुममा प्रहरी चढेको से १ ज ८५४ नम्बरको भाडाको जिप दुर्घटनामा परेको थियो। अहिलेसम्म उक्त जिपमा सवार ४ जना मृतकको पहिचान खुलेको छ।
सुदुरपश्चिम प्रदेश टूाफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी चौकी धामीगाउँ बैतडीमा कार्यरत प्रहरी जवान रमेश साउद र तालिम केन्द्रमै कार्यरत अर्का जवान लोकबहादुर मगर र बिर्ख बिष्टको मृत्यु भएको हो।दुर्घटना घाइते भएका ९ जना घाईते भएका छन्।
दुर्घटनामा आठ प्रहरी र चालक घाइते भएका हुन्। हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल, प्रहरी जवान पुतली खड्का, प्रहरी जवानहरु नरेश कठरिया, आशा धामी, भानु विष्ट, टिकेन्द्र ऐरी, चन्द्र सिंह ठगुन्ना र चालक देवराम महर घाइते भएका हुन्। घाइतेमध्ये गणेश र पुतलीलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पन्थीले बताए। अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। मतपेटिका सदरमुकाम पुगाएर फर्कदै गरेको जिप दुर्घटनामा परेको थियो। निर्वाचनमा खटिएको प्रहरी सवार गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको छ। जिपमा चालक सहित १३ जना सवार थिए।