कैलाली। कैलालीसहित देशभरका सबै मतदान केन्द्रमा मतदान जारी रहेको छ। प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचन बिहान ७ बजे देखी साँझ ५ बजेसम्म मतदाताले मतदाता परिचयपत्रका साथ मतदान गर्न सक्ने छन्। यता कैलालीसहित देशभरका सबै मतदान केन्द्रमा मतदान जारी रहेको बताइर्एको छ।
कैलालीका केही स्थानमा बमहरु फेला परेपनी शान्तीपुर्ण तरीकाले मतदान भैरहेको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए।
उनले आज बिहान केही विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने नभएको बताए। यस्तै कैलालीको गौरीगंगा नगरपालिका वडानम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै बम फेला परेको हो। प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको हो। तर, अहिले उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ।सबै मतदान केन्द्रमा मतदान जारी रहेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले देशभरका सबै मतदान केन्द्रमा मतदान जारी रहेको बताए। अहिलेसम्म कहिँकतैबाट कुनै पनि किसिमको अवरुद्ध वा डिस्टर्ब भएको नभएको प्रवक्ता पौडेलले बताए। गत स्थानीय चुनावमा फर्स्ट आवरमैँ उत्साहपूर्वक मतदान भएपनि अहिले अलि चिसो बढेको कारण धेरै मतदान नभएको उनले बताए। यद्यपि देशभरका मतदान केन्द्रहरूमा मतदाताहरू लामवद्ध भएर मतदान गर्न उपस्थित भएको र मतदान पनि भइरहेको उनले बताए।