कैलाली। कैलालीको अत्तरियामा श्रृंखलावद्ध चोरीका घटनाहरु हुन थालेका छन्। अत्तरियास्थीत लहना मोबाइल ग्यालरीमा भएको चोरीको घटना एक हप्ता नपुग्दै पुनः एक पसलमा चोरीको प्रयास भएको छ। बिहीराती कैलालीको अत्तरियास्थीत धनगढी रोडमा रहेको पाठक पार्केट एण्ड फर्निसिङ्ग सेन्टरमा चोरी गर्ने प्रयास भएको छ।
सञ्चालक डिल्लीराज पाठकले सटर र आल्मोनियमको सिसा फोडेर चोर भित्र पसेको तर नगद पैसा आफूले बोकेरै गएको र सजिलै लैजान सक्ने सामान नभएको हुँदा चोरी नभएको बताए । सजिलै लैजान सक्ने सामान नभएको हुँदा बढी क्षति हुन नपाएको उनले भने।अत्तरियामा विगत केही समय यता चोरीका घटनाहरु दिनानुदिन बढ्दै गईरहेका छन। सोमबार रातीमात्रै अत्तरियाकै लहना मोबाइल ग्यालरीमा बाह्र लाख भन्दा बढीको चोरी भएको थियो। त्यसभन्दा अघिपनी अत्तरियामै रहेको विष्णु आयल स्टोरमा समेत चोरी भएको थियो।