कञ्चनपुर। कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीबार साँझ सिमलको रुखमा स्याउला काट्ने क्रममा स्थानीय ५५ वर्षीया कौशादेवि विष्टको करेन्ट लागेर मृत्यु हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहका अनुसार सिमलको रुखको हाँगा मेनलाइनमा छोइएको रहेकाले करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको बताए । विष्टको शव पोष्टर्माटमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको जनाइएको छ।