कैलाली। नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले एमालेसग लड्न हिम्मत नभएर ५ दल एक भएको बताएका छन । कैलाली क्षेत्र नम्वर ४ का विभिन्न वडामा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा उनले देश बिकास मुद्धा नभएकाले हार्ने डर भएर ५ दल एक भएको बताए।
५ दलका घोषणा पत्रमा नेकपालाई कसरी समृ्द्धि बनाउने भन्न् योजना नै नरहको वताउदै उनले देशलाई तहसनहस बनाउन एक भएको आरोप लगाए । उनले विकास गरेर देशलाई समृद्धि बनाउनु भन्दा पनि देशलाई खोक्रो बनाउन ५ दलिय गठबन्धन बनेको बताए। गठबन्धनको जित भए प्रधानमन्त्री को बन्ने भनेर निर्वाचनको केही दिनमा लफडा हुने बताउदै गठबन्धनका नेता देश विकास भन्दापनि पदका लालाहित बनिरहेको बताए । उनले गठबन्धनको सरकार बने शेर बहादुर देउवा, प्रचण्ड, माधव नेपाल, रामचन्द्र पौडेल, गगन थापा लगायतका नेताहरुले अब प्रधानमन्त्रिको भन्दै दावी गरिहरको बताए ।
एमालेको बहुमत सरकार बने यूवाहरुलाई देशमै स्वरोजगार बनाउन उत्पादन स्वदेशी बजार विदेशि, खेत वारीमा पानी खाडीमा हैन स्वदेशमै जवनी र देशका विभिन्न स्थानमा उद्योग स्थापना गरेर ५ बर्षमा ५ लाखलाई रोजगार दिने उनले बताए ।अब्यवस्थित, सुकुम्वासि र भुमिहिनको ब्यवस्थापनका लागि एमालेले सरकारको नेत्रित्व गर्न आवश्यक रहेको बताउदै उनले गठबन्धन सरकारले लालपुर्जा वितरणका नाममा जनताबाट पैषा असुल गर्न खोजेको आरोप लगाए । उनले कैलालीका केही ठाउमा त एक कट्टाको लाखौ रकम समेत तोकेको गुनासो गरे ।