कैलाली । नेपाली काँग्रेस कैलालीले सत्ता गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन अपिल गरेको छ। नेपाली काँग्रेस कैलालीले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवारको पक्षमा लाग्न मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अपिल गरेको हो ।
जिल्ला पार्टि सभापती नारायणदत्त भट्टद्धारा जारी अपिलमा नेपाली कांग्रेस तथा सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवारहरुलाई अमुल्य मतदान गरी विजयी गराई दिन हुन जिल्लावासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुलाई नेपाली काँग्रेस कैलालीको तर्फवाट सार्वजनिक अपिल गर्दछु’ विज्ञप्तिमा भनिएको छ।
‘सत्तारुढ गठबन्धन दलमा आवद्ध रही स्वतन्त्र तथा वागी उम्मेदवारको पक्षमा लागी रहनु भएका, निस्क्रीय देखिनु भएका हाम्रो पार्टी सम्बद्ध नेता तथा कार्यकर्ताहरुलाई गठबन्धन दलका साझा उम्मेदवारको पक्षमा लाग्न सक्रीयतापूर्वक चुनावी अभियानमा सहभागी हुन र आधिकारिक उम्मेदवारको पक्षमा मतदान गर्ने र गराउने कार्यमा लाग्न समेत अनुरोध गर्दछु ।’ यस्तै, पछिल्लो पटक पार्टीको तर्फवाट स्पष्टीकरण सोधिएका नेपाली कांग्रेस सम्बद्ध नेता, कार्यकर्ताहरुलाई समेत ईमान्दारी पूर्वक सत्तारुढ गठबन्धन दलका उम्मेदवारको पक्षमा लाग्न पनि आग्रह गरिएको छ।विज्ञप्तिमा भनिएको छ– ‘पार्टीको आग्रहलाई आत्मसाथ गरी आधिकारिक उम्मेदवारको पक्षमा सहयोग गरेको अवस्थामा थप कारवाहीको प्रक्रिया अघि नबढाईने समेत जानकारी गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ ।

