कैलाली। कैलालीको अत्तरियामा मोबाइल पसलमा चोरी भएको छ। सोमबार राति कैलालीको अत्तरियास्थित लहना मोबाइल ग्यालरीमा चोरी भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। पसलको पछाडिपट्टिबाट छतको टिन निकालेर भित्र पसी चोरी गरिएको प्रहरीले जनाएको छ।
पसल सञ्चालकका अनुसार चोरले १५-१६ सेट महंगो मुल्यका मोबाइल, करिब २० हजार मूल्य बराबरका रिचार्ज कार्ड तथा नगद १ लाख ८० हजार चोरी गरेको कार्यालयका प्रहरी नायब उपरिक्षक रवीन्द्रराज पाण्डेले जानका्री दिए । चोरीमा संलग्नको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।अत्तरियामा विगत केही समय यता चोरीका घटनाहरु दिनानुदिन बढ्दै गईरहेका छन । केही समय अघि मात्रै अत्तरियामै रहेको विष्णु आयल स्टोरमा चोरी भएको थियो ।