कञ्चनपुर। कञ्चनपुरमा दार्चुलाका एक जना ३ किलो लागुऔषध चरेससहित पक्राउ परेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणीस्थित पैदल हिड्दै गरेका दार्चुला महाकाली नगरपालीका वडा नम्बर–९ दत्तलेक बस्ने ४१ वर्षीय नैनसिंह बोहरालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। कञ्चनपुर प्रहरीले उनको साथबाट ३ किलो २९६ ग्राम चरेस फेला परेको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।