झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतप्रतिको नीति स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । उनले प्रधानमन्त्री देउवाको भारतप्रतिको नीति स्पष्ट नभएको भन्दै आपत्ति जनाए। झापाको सुरुङ्गामा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री देउवाप्रति कटाक्ष गर्दै अतिक्रमित नेपाली जमिनबारे भारतसँग माग्न नजाने बताए।
अतिक्रमित जमिन भारतसँग वार्तामार्फत फिर्ता ल्याइने उनको भनाइ थियो। बुधबार दार्चुलाको चुनावीसभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले ‘अतिक्रमित जमिनबारे ओलीले दार्चुलामा नभई भारतसँग कुरा गर्नुपर्ने’ भनि टिप्पणी गरेका थिए। उक्त टिप्पणीप्रति आपत्ति जनाउँदै ओलीले देउवाको स्पष्ट नीति नहुँदा मुलुकका जनताले दुस्ख पाएको बताए।
चुच्चे नक्सा जारी गर्दा हस्ताक्षर गरेर सहमति जनाउने तर अहिले अतिक्रमित जमिनप्रति चुप लागेर बसेको भन्दै ओलीले प्रधानमन्त्री देउवाको नीति के हो ? भनेर प्रश्न गरेका थिए । ‘भारतप्रति तपाईंको नीति के हो रु चुच्चे नक्सा जारी गर्दा हस्ताक्षर गर्ने, हात उठाएर सहमति जनाउने अनि अहिले चुप लागेर बस्ने रु’उनको प्रश्न थियो । देउवाले विदेशीको नभई नेपाली जनताको आशीर्वाद लिनुपर्ने ओलीले बताए ।
विगतमा एकपक्षीय रुपमा भारतले राखेका चेकपोष्टहरु दुई देशबीच वार्तामार्फत हटाएको उदाहरण रहेको उनको भनाइ छ । ‘कुनै राष्ट्रले अर्को राष्ट्रको सहमतिबेगर चेकपोस्ट राख्न पाउँदैनरमिल्दैन । यदि यस्तो राखिएका छन् भने दुई मुलुकका प्रतिनिधि वार्तामार्फत भारतलाई फिर्ता गराउन सकिन्छ,’ उनले भने। उनले प्रधानमन्त्री पदबाट खसिन्छ कि भनेर काम नगर्न पनि देउवालाई सुझाव दिए। उनले भने,‘एक दिन खस्नु त छँदैछ । समय पुगेपछि सबै खस्नेछन् । तपाईं प्रधानमन्त्रीबाट खसिन्छ कि भनेर होइन। बाँचुन्जेल देशका लागि राम्रो गर्छु भनेर काम गर्नुहोस् ।’


