दार्चुला। प्रधानमन्त्री शेरबहादुर देउवाले दार्चुलामा पुगेर एमाले अध्यक्ष केपी ओलीलाई भूमि फिर्ता लिन जवाफ दिएका छन्। उनले ओलीलाई भूमि फिर्ता लिन दार्चुलामा आएर नभई भारतसँग बोल्नपर्ने जवाफ दिएका हुन् । देउवाले सीमा समस्या समाधान गर्नका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।
दार्चुलामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संसदले बहुमतले पारित गरेको बताए। उनले भने, ‘यो भूमि फिर्ता लिनका लागि भारतसँग कुरा गर्नुपर्छ। सम्पूर्ण एक भएर वार्ता गरेर भूमि फिर्ता ल्याउनुर्छ। ओलीजीले यहाँ आएर बोलेर हुँदैन। भारतसँग कुरा गर्नसक्नुपर्छ। हामी कुटनीतिक रुपमा पहल गछौँ।’ गठबन्धन अहिलेमात्रै नभएर पछिसम्म निरन्तर जाने बताए। गठबन्धन राष्ट्रिय आवश्यकता भएको उनको भनाइ छ।