धनगढी। कैलालीको धनगढीमा एशियन व्यवस्थापन कलेज सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालीका वडा नम्बर ४ मा त्रिभुवन बिश्व विद्यालयबाट सम्बन्धन प्राप्त कलेज खुलेको हो। विगत लामो समय देखि काठमान्डौंमा सञ्चांलन भैरहेको कलेजलाई धनगढीमा स्थानान्तरण गरी सञ्चालनमा ल्याईएको कलेजले जनाएको छ।
कलेजका अध्यक्ष रमेश पन्तले सुदूरपश्चिममा गुणस्तरीय शिक्षा तथा रोजगारमूलक शिक्षा प्रदानको लागि कलेज स्थापना गरिएको बताए ।गुणात्मक रुपमा शिक्षा अगाडी बढे जस्तो देखिए पनि यथार्थमा गुणस्तरीय शिक्षाको अभाव रहेको उनले बताए ।एक्काइसौं शताब्धिको यूग सुहाँउदो आधुनिक शिक्षा प्रदान गर्न शिक्षण सस्थां सुरु गरेको उनले दावि गरे ।
व्यवस्थापन,वाणिज्य र वित्तीय क्षेत्रमा आमुल परिवर्तन ल्याउनका लागि कलेजले स्नातक तह सम्म अध्यापन गराउने र नेपालमा रहेका औद्योगिक दक्ष जनशक्ति स्थापित गर्ने तथा गुणस्थरीय शिक्षाको बजारमुखि रुपान्तरण गरी देशमै रोजगारी सिर्जना गराई युवाजनशक्तिलाई विदेश पलायन हुन बाट रोक्ने लक्ष्य कलेजको छ। कलेजले मानविकी सकांय अन्तरगत सामाजिक कार्य अध्ययन (BSW) र आमसञ्चांर (Mass Communication) जस्ता विषयहरु अध्यापन गराउने छ । धनगढीका दक्ष प्राध्यापक तथा समय समयमा बाहिर बाट पनि दक्ष तथा ख्याती प्राप्त कलेजमा अध्यापन गराउदै आएका प्राध्यापकहरुले अध्याजन गराउने जनाइएको छ । कलेजको शिक्षा सहितको रोजगार,उज्वल भविस्यको आधार मुल नारा रहेको छ ।


