धनगढी। धनगढीमा शहरी विपद तथा भुकम्पीय पुर्व तयारी परियोजना अन्तरगत सुपरपरियोजनाले कृत्रिम घटना अभ्यासबारे सरोकारबालासँग छलफल गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा, युरोपीयन युनियन, यूएनडीपी, युनीसेफ, यु एन ओमन तथा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा कृत्रिम घटना अभ्यासबारे सरोकारबालासँग छलफल गरेको हो।
परियोजनाका सुदुरपश्चिम प्रादेशिक प्राबिधीक अधिकृत प्रगती भट्टराईले कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन् । उनले कार्यक्रमले प्रादेशिक विपत प्रतिकार्य कार्य ढाँचा दस्ताबेज बनाउन सहयोग पुग्ने बताइन् । प्रदेशमा ठुलो भकम्पीय जोखीम रहेको बताउँदै हुनसक्ने बिपद घटनालाई मध्येनजर राख्दै पुर्व तयारीको अवस्यकता अपनाउनुपर्ने बताइन् । उनले बिपद पुर्व तयारी के कस्तो छ, प्रदेशमा के कस्तो रणनिती छ, सुरक्षा सामाग्री छन कि छैन्, प्रतिकार्य अभ्यास, तालिम छकी छैन, यस्को बन्दोबस्त गर्नुपर्ने जानकारी दिइन्। यस्तै सरकारी र गैरसकारी निकायबिचको समन्वय तथा अन्तरप्रदेश तथा अन्तरदेशीय सम्बन्ध र सहकार्यको आवश्यकता भैरहनुपर्नेमा जोड दिइन् ।यस्तै कार्यक्रमका प्रमुख अतिथि कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव मदनसिंह धामीले बिपदको घटना सिकाईलाई समय अनुसार सुधार गर्नु पर्नेमा जोड दिएका छन् । समय अनुसार सुधार नगरिए त्यसले हाम्रो समाजमा नकारात्मक असर पार्ने भएकाले कृत्रिम घटना अभ्यास अत्यन्त व्यवहारिक रहेको उनले बताए ।यस्तै, सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव विष्णुदत्त अवस्थीले यो कार्यक्रमले अन्तर समन्वयमा सहयोग पु¥याउने बताए । सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले ‘ग्लोबल वार्मिङ्ग’ का कारण यो प्रदेशले बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपको पनि सामना गरिरहेको बताए । ‘त्यसकारण प्रकोप आइसकेपछि द्रूत गतिमा उद्धार, राहतको काम होस, समन्वय होस भनेर यो कार्यक्रम गरिएको अवस्थीले बताए। प्रदेशको हकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद् व्यवस्थापनका लागि काम गर्दै आएको उनले बताए । यस्तै कार्यक्रममा बोल्दै नेपाल सरकार गृह मन्त्रालयका पुर्वसचिब शंकर कोइरालाले समयमै प्रतिकार्य ढाँचा दस्ताबेज बनाउनुपर्ने कुरामा जोड दिए । बिपद र भुकम्पको जोखीम रहेकाले भबिश्यमा थप बिपदका घटना न्युनिकरण र क्षती कम गर्न सबैले समयमै सहकार्य गरी पहल चाल्नुपर्ने बताए । बिपद कसैले रोकेर रोक्ने कुरा नहुने बताए । यदि आइहाल्यो भने समयमा उद्धार, राहात, क्षती न्युनिकरणको ब्यवस्था गर्नुपर्ने बताए । यस्तै संयुक्त राष्ट्र सङ्घीय प्रदेश समन्वय सम्पर्क निकाय प्रमुख बैजन्ती गिरी सिंहले ५ ओटा कलस्टर अन्तरगत रहेर यस्को ब्यवस्थापनका लागी सुपर परियोजनाले काम गरिरहेको बताईन्। यस्का लागी स्थानिय, प्रदेश तथा संघ सरकारको समन्वयकारी भुमिका हुनुपर्ने बताईन् ।भूकम्प आइसकेपछि विभिन्न सरोकारवाला निकायले गर्नुपर्ने कार्यकाबारेमा कृत्रिम अभ्यास गरिएको थियो । यसैगरी, प्रादेशिक विपद् प्रतिकार्य कार्यढाँचा पनि प्रस्तुत गरिएको थियो ।कार्यक्रममा गृहमन्त्रालयका पूर्व सचिव शङ्कर कोइराला, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डा डिजन भट्टराई, संयुक्त राष्ट्र सङ्घीय प्रदेश समन्वय सम्पर्क निकाय प्रमुख बैजन्ती गिरी सिंहले आ आफ्नो धारणा राखेका थिए। सुपुर परियोजना, युएनडिपी राष्ट्रिय कार्यक्रम संयोजक सिद्धार्थ नरसिंह शर्मा लगायतको उपस्थिति थियो। कार्यक्रम संचालन आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत तथा विपद सम्पर्क ब्यक्ती लक्ष्मी प्रसाद जोशीले गरेका थिए।