डडेल्धुरा। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक १७ गते गृहजिल्ला डडेल्धुरा जाने भएका छन् । डडेल्धुराबाट गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत रहेका देउवा चुनावी कार्यक्रमका लागि डडेल्धुरा जाने भएका हुन् ।
कात्तिक १७ गतेदेखि सुरु हुने चार दिने कार्यक्रमका लागि देउवा जिल्ला आउने कार्यक्रम रहेको काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले बताए । साउँदका अनुसार यहाँको चारदिने कार्यक्रम सकेर देउवा फेरि काठमाडौं फर्किने र निर्वाचनको केही दिन अगाडि पुनः जिल्ला फर्किने छन् ।