कैलाली। आगामी मंसिर ४ गते हुने आसन्न निर्वाचनका लागी नेताहरु चुनावी अभियानमा केन्द्रित बनेका छन्। प्रदेश र प्रतिनिधीसभाको निर्वाचन एकै चरणमा निर्वाचनका लागी उम्मेदवारहरु अहिले घरदैलो अभियान र मत माग्न बेस्त देखीएका छन्। यतिबेला कैलाली ५ मा पनी बिभिन्न दलका उम्मेदवारहरु चुनावी अभियानमा केन्द्रित बनेका छन्।
यता कैलाली ५ को प्रदेश सभा(क)मा गठबन्धन दलले पनी मतदाता भेटघाट कार्यक्रम तिब्र पारेको छ। गठबन्धन दलका साझा उम्मेदवार रमेश धामी क्याम्पस रोड क्षेत्रमा मतदाता भेटघाट कार्यक्रम गरेको माओवादी नेता रमेश भटट्राईले जानकारी दिए। उनले साथमा गठबन्धन दलका नेता सहित प्रचार प्रसारमा रहेको बताए।



