धनगढी : कैलालीमा बाल्टिमा डुवेर १ बर्षिय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगंगा नगरपालिका–२ मालिका टोल बस्ने नरीबहादुर ऐरको १ वर्षीय छोरा वीरेन्द्र ऐरको मृत्यु भएको हो।
वाल्टीमा भरीएको पानीमा डुवि घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।