कैलाली। कैलालीको अत्तरिया चोकमा राखिएका होर्डिङ बोर्ड हटाइएका छन्। अत्तरिया चोक भित्र व्यवसायीक प्रयोजनका लागि राखिएका होर्डिङ बोर्ड हटाइएका हुन्। गोदावरी नगरपालिकाले आजदेखी चोकमा जडान गरिएको होर्डिङ बोर्ड, बिलबोर्ड निकाल्ने कार्य सुरु गरेको हो। सो बिलबोर्ड हटाउन पटक पटक नगरबासीहरुले नगरपालिकासँग माग गर्दै आएका थिए।
केही कानुनी बाध्यताका कारण बिलबोड हटाउनमा केही ढिला हुन गएको नगरपालिकाले जनाएको छ। आज बिहान नगरपालिकाका मेयर बिरेन्द्र भट्टले स्थानीय केही युबाहरुको सहभागीतामा हटाएका हुन। अघिल्लो जनप्रतिनिधिको कार्यकालमा व्यावसायिक साझेदारीमा होर्डिङ बोर्ड राखिएको थियो। चोकमा व्यावसायिक होर्डिङ बोर्ड राख्दा चोकको सौन्दर्यता बिग्रेको भन्दै स्थानीयले बिरोध समेत गरेका थिए ।ठेकेदार कम्पनीले पनि सम्झौता अनुसारको रकम नगरपालिका लाई नियमित बुझाएको थिएन। अब चोकमा तत्कालको लागि पानी को फोहरा राख्ने नगरपालिकाले योजना बनाएको छ ।