धनगढी। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गमा काठमाडौंबाट धनगढीआउँदै गरेको ना ७ख ४१५ नम्बर को बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताए।
घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएका र ती मध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएका जनाइएको छ । बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएको र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पाठकले बताए । उनकाअनुसार घाइते सुर्खेत वीरेन्द्रनगर-१२ का प्रकाश सुनार, कैलालीको कैलाली गाउँपालिका-९ का श्याम चौधरी, कन्चनपुर बेलौरी नगरपालिका-२ का वीरेन्द्र नेपाली, कैलाली धनगढी उपमहानगरपालिका- १३ का सन्तोष भट्ट र निर्मला जोशीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको हो ।दुर्घटनामा घाइतेहरुको नामावली
१) कैलाली गाउँपालिका वडा नं–९ बस्ने वर्ष २० को रवि चौधरी–बाँया खुट्टामा चोट–मध्यम ।
२) कैलालीको गोदावरी नगरपालिका वडा नं–१ बस्ने वर्ष २१ को राजकुमार चौधरी–दाँया हात र भित्री चोट–मध्यम ।
३) सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १२ बस्ने वर्ष २१ को प्रकाश सुनार–नाकमा चोट–मध्यम । (रिफरं)
४) कैलाली गाउँपालिका वडा नं–९ बस्ने वर्ष २८ को श्याम चौधरी– बाँया खुट्टामा चोट–सामान्य (रिफर)
५) कैलाली गाउँपालिका वडा नं–९ बस्ने वर्ष ३० को समित चौधरी– बाँया हातमा चोट–सामान्य ।
६) दाङको धर्ना गाउँपालिका वडा नं–२ बस्ने वर्ष १४ का पितिजा श्रेष्ठ–दाँया आँखामा चोट–सामान्य ।
७) दाङको धर्ना गाउँपालिका वडा नं–२ बस्ने वर्ष ४३ का तारा श्रेष्ठ–ढाडमा चोट–सामान्य ।
८) कैलालीको फूलबारी गाउँपालिका वडा नं–७ बस्ने वर्ष ३४ का तुलामाया राना मगर– दाया हातमा चोट–सामान्य ।
९) कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं–१ बस्ने वर्ष २६ को सुशील चौधरी–कम्मरमा चोट–सामान्य ।
१०) बर्दियाको बारबर्दिया नगरपालिका वडा नं–९ बस्ने वर्ष २१ को सिपाही चौधरी बाया हातमा चोट–सामान्य ।
११) कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं–२ बस्ने वर्ष २१ को वीरेन्द्र नेपाली– कम्मरमा चोट–सामान्य ।
१२)अछामको ढोकारी गाउँपालिका वडा नं–१ बस्ने वर्ष २४ को कुबेरराज उपाध्याय– कम्मरमा चोट–सामान्य । (रिफर)
१३)कैलालीको टीकापुर नगरपालिका वडा नं–९ बस्ने वर्ष २० को राहुल साउद– दाया हात र कम्मरमा चोट–सामान्य ।
१४) दाङको घोराही उपमहानगरपालिका वडा नं–५ बस्ने वर्ष ४४ को विष्णु श्रेष्ठ– दाँया हातमा चोट–सामान्य ।
१५) कैलालीको धनगढी उपमहानगरपालिका वडा नं–१३ बस्ने वर्ष २७ को सन्तोष भट्ट– दाँया हातमा चोट– मध्यम । (रिफर)
१६) कैलालीको धनगढी उपमहानगरपालिका वडा नं–१३ बस्ने वर्ष ६४ को रामचन्द्र जोशी–छातीमा चोट–सामान्य ।१७) कैलालीको धनगढी उपमहानगरपालिका वडा नं–१३ बस्ने वर्ष ५८ का निर्मला जोशी– दाँया हातमा चोट–मध्यम । (रिफर)
१८) अछामको मंगलसेन नगरपालिका वडा नं–११ बस्ने वर्ष २१ को सुनिल भण्डारी–बाँया खुट्टामा चोट–सामान्य ।
१९) सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं–१२ बस्ने वर्ष २१ को गोविन्द मगर–शरीर दुखेको–सामान्य ।
२०) कैलाली गौरीगंगा नगरपालिका वडा नं–६ बस्ने वर्ष १९ को सुदीप थापा मगर– शरीर दुखेको–सामान्य ।
२१) कैलाली गौरीगंगा नगरपालिका–६ बस्ने वर्ष २७ को खगेन्द्र साउद– कम्मरमा चोट–सामान्य ।
२२) कैलालीको फूलबारी गाउँपालिका वडा नं–१९ बस्ने वर्ष ३० को राजेश चौधरी– शरीर दुखेको–सामान्य ।
२३) मञ्चनपुर बेलौरी नगरपालिका वडा नं–१ बस्ने वर्ष २७ को जयबहादुर चौधरी– शरीर दुखेको–सामान्य ।


