धनगढी : डोटीबाट प्रतिनिधीसभा सदस्यमा स्वतन्त्र उमेदवार बनेर चुनावी मैदानमा रहेका नरेन्द्र खड्काले डोटी जिल्लाको इतिहास र अस्तित्व जोगाउन डोटेली जनताले आफुलाई जिताउने दावी गरेका छन् । गठबन्धनका नाममा आफन्त र नातागोता पाल्ने काम मात्रै भएको बताउँदै खड्काले आफु बिजयी भए डोटीको शान बेग्लै हुने दावी गरेका हुन् ।
सत्ता गठबन्धनबाट डोटीमा नेकपा एकिकृत समाजवादीका नेता प्रेम आले चुनाव लड्दै छन् । आलेको बिरुद्धमै खड्का चुनावी मैदानमा होमिएका छन् । प्रेम आले लडाई नभई जनताको मुद्धा उठाएर उनीहरूको जनतालाई जोगाउने कुरामा म एउटा सुतेको बाग हुँ उनले भने “म मात्रै बाग होइन मेरो सबै जनता बाग हुन, म सबै जनताको आस जोगाउँदै छु , इतिहास नै छ ठुला ठुला नेता राजाहरूलाई जनतालाई धुलो चटाएकै त हो नि, अहिले त मेरो पक्षमा सबै छन् नि अनि कसो प्रेम आले सँग चुनाव नजित्ला त म, उहाँलाई डोटेलीले हराउने मैले हराउने होइन नि ।”
आफ्नो पक्षमा अहिले निकै माहोल बनेका कारण जित्नेमा ढुक्क रहेको उनले बताएका छन् । अहिले मेरो पक्षमा सबै डोटेली जनताहरू जागेका छन् मलाई सबै तिर बाट फोन आउँछन् उनले भने “तपाईँको लागी हामीले के गर्नु पर्छ गर्न तयार छौँ भन्छन्, यति भनी सके पछि मैले चुनाव नजित्ने त कुरै छैन नि, मेरा डोटीका जनताले मेरो विगत र वर्तमान हेरेका छन्, सबैको हात हातमा मोबाइल फोन छ, को मान्छे कहाँ उभिएको छ र कसले कसरी गर्न सक्छ भन्ने कुरा जनताले बुझेका छन् नि त ।”
आफुले जिते फाष्टट्रयाक (द्रुत मार्ग)लाई अगाडी बढाउने र यहाँको पर्यटन,कृषि र शिक्षा स्वास्थ्यमा सुधार गर्नमा पहिले चरण रहने उनले बताए । राजधानीको कुरा भनेको सबैले साथ दियो भने पहिलो चरणको काम रहने उनले बताए ।