नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउदले देश विकास गर्नका लागि दलहरूले चुनावी तालमेल गरेको बताएका छन्। कञ्चनपुर २ कृष्णपुरमा शुक्रबार भएको कार्यक्रममा उनले भने, ‘गठबन्धनको उद्देश्य सरकार बनाउने मात्र होइन। सबै मिलेर देश नै बनाउने हो।’
कांग्रेसले जनताको विश्वास जितेर स्थिर सरकार बनाउने पनि उनले बताएका थिए।उनले देश विकासका लागि सत्ता गठबन्धनमा रहेका दलहरू एकै ठाउँमा उभिनुपर्ने पनि बताए।