धनगढी। धनगढीमा शहरी विपद तथा भुकम्पीय पुर्व तयारी परियोजना सुपर परियोजनाले टेवलटप कृत्रिम घटना अभ्यास बारे छलफल कार्यक्रम गरेको छ । आज धनगढी उपमहानगरपालीकाको सभाहलमा आयोजित कार्यक्रममा सुपर परियोजना अन्तरगत धनगढी उपमहानगरपालिका तथा नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा युरोपीयन युनियनको आर्थिक सहयोग र यूएनडीपीरयुनीसेफ, यु एन ओमन, एनआरसिको सहकार्यमा टेवलटप कृत्रिम घटनाका अभ्यास बारे छलफल तथा बैठक गरेको हो।
यस्तै कार्यक्रममा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाका सुदुरपश्चिम प्रादेशिक प्राबिधीक अधिकृत प्रगती भट्टराईले शहरी विपद तथा भुकम्पीय जोखीमका हिसाबले सुरक्षाको अवस्थाको आवश्यक पुर्व तयारी अपनाउनुपर्ने बताइन् । उनले स्थानिय तथा प्रदेश सरकारसँग सहकार्य गरेर बिपद जोखीम न्युनिकरणमा टेवा पुग्ने बताइन् । बर्षेनी बिपदसम्बन्धि बजेट छुट्याएपनी आधा मात्रै बजेट आउने र आएको बजेट पनी सहि तरिकाले कार्यान्वयन नभएको पाइएको बताइन् । बिपदको बेलामा क्षती पु¥याएका बिद्यालयमा बस्नका लागी उचित स्थान तथा बसोबासका लागी भवन निमार्ण आवश्यक पर्ने उनको भनाई छ । उनले प्रज्वलनशिल पदार्थ पेट्रोल पम्म तथा डिलरहरुमा आगालागी भएकामा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा जानकारी, तालिम तथा अभ्यास गराइएको बताइन्। अति प्रज्वलनशिल पदार्थ प्रट्रोल पम्म तथा डिलरहरु भएकाले त्यसमा कार्यरत कर्मचारीहरुले बिशेष सजगता अपनाउन जरुरी रहेको उनको भनाई छ

