धनगढी : देशमा संघिय लोकतान्त्रीक गणतन्त्र स्थापनापछि बनेका स्थानिय तहमा जनप्रतिनिधीले एक कार्यकाल पुरा गरी दोश्रो निर्वाचन पश्चात नयाँ जनप्रतिनिधी स्थानिय तहमा आएका छन् । बैसाख ३१ ग्तेको स्थानिय तह निर्वाचन पश्चात बिजयी भएका स्थानिय जनप्रतिनिधी माझँ जनताको बढी आश छ । ५ बर्षे कार्यकालमा राम्रा काम गर्न नसकेका जनप्रतिनिधीलाई नदोहो¥याएर अधिकाशं क्षेत्रमा नयाँ मान्छेलाई जनताले चुनेका छन् ।
यस्तै धनगढी उप महानगरपालिका वडा नम्बर १२ मा पनि नयाँ युवा जनप्रतिनिधी जनताले चुनेका थिए । नेकपा एमालेबाट धनगढी १२ को अध्यक्षमा शेर बहादूर महरा बिजयी भएका थिए । बिगतका जनप्रतिनिधीबाट आश गरे अनुसार उपलब्धी नपाएपछि वडा नम्बर १२ का जनताले दल र ब्यक्ती परिवर्तन गरे । जसरी वडा नम्बर १२ का जनताले ब्यक्ती परिवर्तन गरे सोही अनुसार जनताका मुद्धा सम्बोधनमा सो वडाको टिम छ । निर्वाचित भएपछि सपथ ग्रहण गरेसंगै वडाको टिम एक्सनमा उत्रियो । न बजेट, न श्रोत बिनापनि टिम वडाका जनताको समस्या समाधानमा केन्द्रित भयो । वडा अध्यक्ष शेर बहादूर महरा ब्यक्तीगत भन्दापनि अहिले उनि वडाकै काममा ब्यस्त रहन्छन् । उनको मनमा कसरी ५ बर्षभित्र नमुना वडा बनाउने भन्ने मात्रै योजना खेलिरहन्छ ।
यसै कारण वडामा बजेट नहुँदापनि महराले श्रृण निकालेर वडाभरीका सबै पोलमा सडक बत्ती जडान गर्न भ्याए । यति मात्रै होइन डुवान समस्या रोक्न श्रृण निकालेरै जेसिबी मार्फत उनले नाला खोलाए यस संगै सडक ग्राभेलको काम समेत उनी आएपछि तिब्र गतीमा शुरु भयो । कारण यस बर्ष वडा नम्बर १२ मा त्यती डुवान हुन पाएन । यस संगै अती समस्या भएका क्षेत्रमा ग्राभेलको कामपनि वडाले शुरु गरेको थियो । नयाँ जनप्रतिधिी आएपछि वडामा देखिन लायक काम हुन थालेपछि जनतामापनि अब बिकास हुन्छकी भन्ने आश पलाएको छ ।
हाम्रो गाउँमा लामो समयदेखी नाला समेत खोलिएको थिएन धनगढी १२ जुगेडाकी किस्मती चौधरीले भनिन् “अस्ती जेठबाट आएका नयाँ वडा अध्यक्ष र सदस्य हरुले यो नाला खोलिदिनुभयो अहिले डुवान परेन, अब यो बाटो गौभेल र पिचपनि गरिदिए हामी खुशी हुन्थ्यौँ ।” जुगेडाकै रामपति देवी चौधरीलेपनि नयाँ जनप्रतिनिधी आएपछि केही आश लाग्ने काम भएको बताइन् । पहिलाको अध्यक्ष हुँदा खै कहिल्यै केही काम देखिएन उनले भनिन् “नयाँ अध्यक्ष आएपछि हाम्रा समस्या सोधेर लग्नुभयो सबैभन्दा बढी समस्या देखिएको नाला सफा गर्ने काम गरिदिनुभयो र घर अगाडीको पोलमा बल्व जोडिदिनुभयो अहिले डुवानपनि भएन गाउँ झिलिमिली पनि छ ।”
वडा नम्बर १२ का हरेक चोक र घर अगाडी पोलमा बत्ति जडान गरिएको छ । करिब ६ लाख लागतमा वडाभरीका पोलमा सडक बत्ति जडान गरिएको हो । जसका कारण चोरी तस्करीमापनि नियन्त्रण आएको छ । यसका साथै अति आवश्यक काम बाहेक राती हिँडडुलमा रोक लगाइएपछि पनि शान्ती शुरक्षामा सुधार आएको छ । वडा अध्यक्ष र उनको टिमको यो काममा वडाबासीले साथ दिएका छन् ।
सोही गाउँका स्थानिय गौरि तामाङले यस पटक धनगढी १२ मा आश लाग्दो टिम आएको बताए । निर्वाचनमा बाचा गरेझैँ वडाको टिमले शुरुवाती आश देखाएको उनले बताए । जनता संगकै सहकार्यमा वडा अध्यक्ष ज्यु ले योजना बनाउनुभाछ उहाँले भिजन दिनुभाछ त्यसमा हामीले सहयोग गरे सफलपनि भइन्छ लाग्छ उनले भने “अहिले कामकै कुरा गर्दापनि बिकासले नछोएको टोलमा केही देखिन लागेको छ, यसले पुर्ती भयो भन्ने होइन अब काम पक्कै हुन्छ भन्ने आश पलाएको छ ।” आफ्ना नयाँ योजना जनतालाई बुझाउने र बढी समस्या भए श्रृण लिएरपनि काम गर्ने वडा अध्यक्ष पाउने यस वडाबासीको अहोभाग्य हो उनले भने “युवा जोस भएको टिम पाएका छौँ, छोटो समयमै सबै गाउँभरी सडकबत्ती जडान भएको छ, नाला खोलिएका छन् यी सकारात्मक काम छन्, सही कामका लागी हामी सँधै सहयोग गर्ने छौँ ।”
ध्नगढी १२ कै शिद्धराज जोशी एक बर्षपछि घर फर्केका थिए । गत बर्ष दशैँ मनाउनकै लागी काठमाण्डौँबाट घर आउँदा पुरानै अवस्थाको वडा देखेका जोशीले यस पटक घर आउँदा फरक देखे । गत बर्ष सडक होकी नाला जस्तै थियो मेरो घर जाने बाटो उनले भने “यस पटक यति राम्रो ग्रावेल भएको छ, अनी सडकभरी बत्ती जडान छ बिकास शुरु भएको छ यसले निरन्तरता पाओस ।” झन कहिले काहीँ राती चोरी र तस्करी नियन्त्रणका लागी प्रहरी सहित वडा अध्यक्ष आफै गस्तीमा निस्केको देख्दा पक्कै सेवक नेतृत्व पायौँ की भन्ने लागेको उनले बताए ।
वडा अध्यक्ष शेर बहादूर महराले शुरुवाती चरणमा अति समस्या भएका क्षेत्रलाई केन्द्रित गर्दै बिना बजेटपनि काम गरेको बताए । वडामा बजेट थिएन तर हामी आए लगत्तै गुनासै गुनासा आए महराले भने “ति गुनासा सम्बोधनका लागी श्रृण निकालेर भएपनि काम गर्न खोजे, नाला खोले, ६ लाख बढी लगानीमा मात्रै सडक बत्ति जडान गरे, ग्राभेल, पिचका काम लगायत जनताका समस्या सम्बोधनमा हामी केन्द्रित भएका छौँ ।” अब गौशालाको योजना बनाएर सामुदायीक बनमा गौशाला बनाउने र छाडा चौपाया मुक्त वडा बनाउन लागेका छौँ उनले भने “जनताको सहयोग भए सबै योजना सफल हुन्छन् म जनताको सल्लाह र सहयोग बिना कुनै काम गर्दैन, सबै आवश्यक्ताका आधारमा काम गरिरहेका छौँ, सफल भइन्छ लाग्छ ।”

