कैलाली। कैलालीमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर बस्ने ४९ वर्षीय प्रेम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
२०६३माघ २५ गते जबरजस्ती करणी गरी फरार भएका उनलाई जिल्ला अदालत बर्दियाको मिति २०६८असार ९ गतेको आदेशले ६ वर्ष कैद सजाय सुनाएको थियो। ईलाका प्रहरी कार्यालय लम्कीले उनलाई २०७९/०६/३० गते गणेशपुरबाटै पक्राउ गरेको बताएको छ। उनलाई पक्राउ गरी जिल्ला अदालत कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ।