धनगढी : आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागी डडेल्धुरामा नेकपा एस र काग्रेंस बिपि बिच चुनावी तालमेल हुने भएको छ । शनिबार दुवै पार्टीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै मंसिर ४ को निर्वाचनमा सयुक्त रुपमा जाने बताएका हुन् । प्रदेशसभा २ का स्वतन्त्र उम्मेदवार डा। तारा जोशीबीच चुनावी तालमेल हुने भएको छ । प्रतिनिधिसभामा काँग्रेस बीपीका कर्ण मल्ल र प्रदेशसभा २ मा जोशीलाई समर्थन गर्ने गरी चुनावी तालमेलको निर्णय भएको हो ।
उक्त तालमेलमा सत्ता गठबन्धनमा रहेको दल नेकपा (एकीकृत समाजवादी) ले पनि समर्थन गरेको उक्त पार्टीका अध्यक्ष कविन्द्र बिष्टले जानकारी दिए । एीककृत समाजवादीले पनि प्रदेशसभा २ मा जोशी र प्रतिनिधिसभामा मल्ललाई समर्थन गर्ने जनाएको हो ।
प्रदेशसभाका स्वतन्त्र उम्मेदवार जोशी एकीकृत समाजवादीका नेता हुन् । गठबन्धनबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना र २ प्रदेशसभातर्फ १२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।