नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सत्ता गठबन्धनले देशलाई टाट पल्टाउन थालेको बताएका छन । नेकपा एमाले गोदावरी नगरपालिका वडा नम्वर ८ र ९ का कार्यकर्तालाई सयुक्त भेटघाट कार्यक्रममा सम्वोधन गर्दै सो कुरा बताएका हुन ।
उनले नेकपा हुदाको ३ बर्षे कार्यकालमा भएका बिकास निर्माणका काम र गठबन्धन सरकार बनेपछि भएका बिकास निर्माणका कामको तुलना समेत गर्न नसकिने बताए । उनले सरकार अहिले जनताको हितमा भन्दा पनि भ्रष्टाचार र कालोवजारी बढाएर श्रिलङ्का बनाउन खोजिरहेको आरोप लगाए ।
आफू सरकारमा बसेका बेला सुदूरपश्चिममा विभिन्न ठुला योजना सुरु गरेको बताउदै उनले सुरु भएका योजना सम्पन्न भएमा सुदूरपश्चिमको मात्रै नभएर दशै अर्थतन्त्रमा टेवा पुग्ने बताए । उनले गठबन्धन सरकारले सुदूरपश्चिममा योजना हाल्नुको सट्टा हालेका योजनाको बजेट समेत काटेको आरोप लगाए ।
यस्तै क्षेत्र नम्वर ४ प्रदेश (क) का उमेदवार भिम बहादुर देउवाले राष्ट्रियता र बिकासमा गति निर्माण गर्न नेकपा एमाले जिताउन आबस्यक रहेको बताए । उनले गठबन्धन सरकार काम गर्न छोडेर अरुको आलोचना गरिरहेको र कार्यकर्ता पालन पोषण हुने ठाउमा मात्रै याजनापा पार्ने गरेको बताए ।
गठबन्धन सरकार फलाम र काठको मिश्रण भएको बताउदै उनले फाइदा हुदा जोडिने र अरु बेला फाटो हुने बताए । उनले जनतालाई महङ्गि नियन्त्रण गरेर राहत गराउनु पर्ने ठाउमा गठबन्धन सरकार कमिसन र कालोवजारिमा लागेको उनले आरोप लगाए ।
गौरीगगा नगरपालिकामा आफुले गरेको ५ बर्षे कार्यकाल सफल भएको बताउदै उनले जनताको अधिकास अपेक्षा पूरा सफल भएको र बाकि रहेका काम प्रदेशमा विजयी भएपछि पूरा गर्ने बताए । कार्यक्रममा नेकपा एस र माओवादी केन्द्रबाट दर्जन बढी कार्यकता एमालेमा प्रवेस गरेका छन ।