धनगढी : नेकपा एमालेले कैलाली क्षेत्र नम्वर ४ मा निर्वाचन मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमालेका केन्दिय सल्लाहाकार परिसदका सदस्य डिल्लीराज भट्टको सयोजकत्वमा १ हजार १ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
कमिटिको सह(सयोजकमा केन्द्रिय सल्लाहाकार परिसद सदस्य टीका नाथ र सचिवमा प्रदेश कमिटि सचिवालय सदस्य कृष्णराज सुवेदी चयन भएका छन । यस्तै कैलाली क्षेत्र नम्वर ४ निर्वाचन क्षेत्र समन्वय समितिका सयोजक हितेस ओझाको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न उपसमिति पनि गठन गरेको छ ।
समन्वय समितिले आर्थिक , युबा, महिला , प्रचार , मिडिया , दलित , मजदुर लगाएतका उपसमिति पनि बनाएको छ ।