धनगढी। कैलाली क्षेत्र नम्बर ५ (ख) बाट प्रदेश सभा उम्मेदवार बनेका नेपाली कांग्रेसका बागी क्षितिज भण्डारीले नाम फिर्ता गरेनन् । निर्वाचन आयोगले तोकेको दिउँसो १ बजेसम्मको समय सीमामा उनले उम्मेदवारी फिर्ता दिएनन् । भण्डारी आसन्न प्रतिनिधि सभाका लागि कैलाली क्षेत्र नम्बर ५ ‘ख’ बाट नेपाली काँग्रेसका बागी उम्मेदवार बनेका थिए ।
कैलालीक्षेत्र नम्बर ५ (ख)मा प्रधानमन्त्री पत्नी आरजु राणाका स्वकीय प्रकाश देउवा उम्मेदवार बनेका छन् ।भण्डारीले उनलाई हराएरै छाड्ने दाबी छ। देउवाले स्वकीय सचिवबाट राजीनामा नदिएरै उम्मेदवारी दिएको भन्दै मनोनयनका बेला नै विरोध गरेका थिए। भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिन धेरै नेता तथा ‘प्रधानमन्त्रीको फोन आएको थियो भनें । फिर्ता गर्दिन भनें ।’
भण्डारी संस्थापनइतर पक्षका हुन्। प्रधानमन्त्री पत्नीका स्वकीय सचिवलाई पार्टीले टिकट दिएपछि उनी बागी बनेका हुन् । ‘पूरानो पारिवारिक सम्बन्धका कारण प्रधानमन्त्री ज्यूले उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै फोन गनुभएको थियो। तर मैले फिर्ता गर्दिन भने।उनले पार्टीबाट जुनसुकै प्रलोभन आएपनि आफू पछि नहट्ने दाबी छ। क्षितिज भण्डारीले आरजु देउवा जस्तै प्रकाश देउवा पनि ‘टुरिष्ट उम्मेदवार’ भएको बताएका छन्। ‘न उनको यता घरबार छ न उनी यहाँका स्थानीय। उनीसँग स्थानीय आक्रोशित छन्। मेरो प्रतिस्पर्धा उनीसँग नभएर एमालेका दुर्गा जोशीसँग मेरो चुनावी लडाइँ हुने भण्डारीले बताए । म जस्तै विभिन्न क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका छन्। अब प्रदेश सरकार स्वतन्त्रले उनले बताए।