कैलाली । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्ममिति फरक, उम्मेदवारी रद्द गर्न भन्दै उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति फेला परेको छ।
नागरिकतामा २००३ ज्येष्ठ ३१ गते जन्म मिति रहेको देउवाको मतदाता नामावलीमा २००२ ज्येष्ठ ३१ गते रहेको पाइएको छ । नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उनको उम्मेदवारी विरुद्ध उजुरी परेको छ । कर्ण मल्लले उनी विरुद्ध उजुरी हालेका हुन् । मल्ल अघिल्लो पटक नेपाली काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए । अहिले बिपी कांग्रेसबाट उनी देउवा विरुद्ध चुनावी मैदानमा छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर आइतबार उनकी पत्नी आरजु राणा देउवाले उम्मेदवारी दर्ता गराएकी थिइन् ।