कैलाली। लगातारको अविरल वर्षाले पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्व भएको छ। कैलालीको गोदावरी नगरपालिका – ४ मा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सडक अवरुद्ध भएपछि सवारी साधनहरु अलपत्र परेको बताए।
उनले उक्त स्थानमा प्रहरी नेतृत्वको टोली खटाइएको र बाटो खुलाउने कार्य भइरहेको प्रवक्ता जोशीले जानकारी दिए। वर्षाका कारण सुदूरपश्चिम प्रदेशका ग्रामीण सडक पनी अवरुद्ध भएका छन् । भने पहाडी सात जिल्ला जोड्ने राजमार्ग अवरुद्ध भएपछि आवतजावत ठप्प भएको जनाइएको छ।