धनगढी : नेकपा एमालेले आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेशसभाको निर्वाचनका लागी उमेदवारको टुगंो लगाएको छ । दशैँ अघीनै खाका तयार पारेको एमालेले आज उमेदवारहरुको टुगों लगाएको हो ।
नेकपा एमालेले कैलालीका ५ वटै क्षेत्रका १५ उमेदवारहरुपनि छानेको छ । एमालेबाट कैलाली क्षेत्र नम्बर १ मा निबर्तमान टिकापुर नगरपालिकाका मेयर तपेन्द्र रावलले टिकट पाएका छन् । क्षेत्र नम्बर १ कै प्रदेशसभा क मा द्वारिक न्यौपानेले टिकट पाएकि छिन भने ख मा तालमेलका लागी छोडिएको छ । यहाँ जसपाको उमेदवारले टिकट पाउने देखिन्छ ।
क्षेत्र नम्बर २ मा निबर्तमान प्रतिनिधीसभा सदस्य झपट रावलले टिकट पाएका छन् । क्षेत्र नम्बर २ कै प्रदेशसभा क मा कमला वलीले टिकट पाएकी छिन् भने ख मा डेजी पाण्डेयले टिकट पाएका छन् । कैलाली क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभामा गौरिशंकर चौधरीले टिकट पाएका छन् । प्रदेशसभा क मा जयनारायण जोशी र ख मा तालमेलका लागी छोडिएको छ सम्भवत यहाँपनि जसपाले उमेदवारी दिने छ ।
कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्टले टिकट पाएका छन् । क्षेत्र नम्बर ४ कै प्रदेशसभा क मा निबर्तमान गौरिगंगा नगरपालिकाका मेयर भिम बहादूर देउवाले टिकट पाएका छन्, भने ख मा गोदावरी नगरपालिकाका निबर्तमान मेयर हरी सिहं साउँदले टिकट पाएका छन् ।
कैलाली ५ मा भने प्रतिनिधीसभामा एमाले पोलिटब्युरो सदस्य नारदमुनी रानाले टिकट पाएका छन् । प्रदेशसभा क मा यज्ञराज बास्तोला र ख मा दुर्गा जोशीले टिकट पाएका छन् ।