धनगढी : लगातारको अविरल बर्षाका कारण धनगढी स्थित बिधुत कार्यालय डुवानमा परेको छ । बिधुत कार्यालयभित्रै पानी पसेपछि कार्यालयको कामकाज हुन सकेको छैन । बर्षाका कारण बिधुत कार्यालय डुवानमा परेपछि उपकरणहरु समेत बिग्रने खतरा बढेको बिधुत कार्यालय धनगढी वितरण साखाका ईन्जिनियर तथा सुचना अधिकारी रोशन कुमार ठाकुरले बताए ।
बिगतझैँ बर्षा भएपछि जलमग्न हुने बिधुत कार्यालय यस बर्षपनि पुरै जलमग्न बनेको ठाकुरले बताए । यस्तै बर्षा रहे बिधुत उपकरणमा पानी पस्ने र धनगढी क्षेत्रमा बिधुत अवरुद्ध हुने सम्भावना रहेको उनले बताएका छन् । होचो क्षेत्रमा रहेको बिधुत कार्यालयमा बिशालनगर क्षेत्रबाट बग्ने पानी समेत जमा हुने गरेको छ । सोही कारण बर्षेनी बिधुत कार्यालय डुवान पर्ने गरेको छ ।