धनगढी : बिहिबार बिहानै देखी परेको अबिरल बर्षाका कारण सुदूरपश्चिम प्रदेशको अस्थाई मुकाम धनगढी जलमग्न भएको छ । बर्षाले धनगढीको मुख्य बजारनै जलमग्न भएको छ । धनगढीको एल एन चोक, पार्कमोड क्षेत्र जलमग्न भएका छन भन्, धनगढी बिशालनगर, मिलनचोक, मित्रनगर, चटकपुर लगायतका क्षेत्र डुवानमा परेका छन् । पार्कमोड क्षेत्रमा मानी जलमग्न भएपछि सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।
नाली सफा नभएकै कारण पार्कमोड, एल एन चोक क्षेत्र डुवान पर्ने गरेको भन्दै केही समयअघी धनगढी उप महानगरपालिकाले नाली सफा गरेको थियो । नरपनि सो क्षेत्र जलमग्ननै भयो ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रहेकाले सुदूरपश्चिमसहित बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।