धनगढी । अछामको भवैद्यनाथमा मा नौरथा पुजा महोत्सव शुरु भएको छ । नेपालकोन्दा बढी बलि दिने जिल्ला मध्यमा अछाम पनि पर्दछ । यहाँका शक्ति पिठहरुमा देवीलाई खुसी पार्न र आप्नो चिताएको पुराहुन्छ भन्ने मनसायले राँगालाई दौडाएर खुृकुरी तलवार हानेर मार्ने परम्परागत मान्यता रहि आएको छ ।
यो मान्यतालाई हटाउदै वलि नदियर पनि देवीको पुजा गर्न सकिन्छ र देवी खुसीहुन्छन् भन्ने मान्यताको विकास गर्ने उदेश्यले महेन्द्र कुँवर फाउण्डेसनको आयोजनामा अछाम जिल्लाको वैद्यनाथ धाममा नौरथा पुजा महोत्सव सुरु गरीयको फाउण्डेसनका महाँसचिव यज्ञराज उपाध्यायले बताए ।
घटस्थापनाका दिन देखि नौरथा पुजा महोत्सव सुरु भएको छ । पञ्चेवाजा बादन ,पञ्चकन्या सहित मन्दिर वरीपरी परिक्रमा गरेर महोत्सव समुद्घाटन कार्यक्रम सुरु गरियको हो । कार्यक्रममा अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी ,सुरक्षा निकायका प्रमुख , लगायतको उपरिुथति रहेको थियो । घटस्थापना तथा महोत्सवको पाँचौ दिन कात्यायनी माता सहित नवदुर्गाको ेधिवत रुपमा पुजा आराधना गरि मनाईएको छ ।
महेन्द्र कुँवर फाउण्डेसनका अध्यक्ष सहित उनको सपरिवार टाढा देखि आयका भक्तहरुले दैनीक पुजा आराधना गरि रहेकाछन् । हरेक दिन विहान ७ बजे देखि बेलुका ८ बजे सम्म पुजा पाठ, हवन, जप ,दर्शन, प्रवचन तथा प्रसाद वितरण गरिदै आएको छ । महोत्सवको समापन १९ गते विजयादशमी टिकाको दिन विहान ७ बजे देखि १० बजे सम्म पुजा अनुष्ठान, िटिकाको साईतमा टिका ग्रहण र १ बजे देखि पञ्चेबाजा , सांस्कृतिक झाँकी , साँफे बजार सम्म सोभा यात्रा सहित नवदुर्गाको मुर्ति बुढीगंगामा विसर्जन गरिने फाउण्डेसनका माहाँसचिव उपाध्यायले जानकारी दिए ।
हरेक दिन साँझ सुप प्रदेशको संस्कृती झल्किने खालका देउडा , सास्कृतीक कार्यक्रम प्रस्तुत भई रहेका छन् । अछाम जिल्लाको साँफे नगागरपालिकामा जन्मिई हाल अमेरिकामा बस्र्दै आएका महेन्द्र कुवरले अछामको स्वास्थ्य ,शिक्षाका लगाएतको विकास गर्ने उदेश्यले महेन्द्र कुँवर फाउण्डेसनको स्थापना गरिएका ेफाउण्डेसनका अध्यक्ष कुँवरले बताए ।
उक्त फाउण्डेसनले समाजमा सांस्कृतीक र आध्यात्मिक पविर्तनको लागि सु।प।प्रदेशमै यति ठुलो नौरथा महोत्सव पहिलो चोटी आयोजना गरिएको बताए । महायज्ञ महोत्वसका आयोजक कुवँर फउण्डेसनका अध्यक्ष कुवँरले सम्पुर्ण श्रदालु भक्तजनमा उपस्थितिभई कथा श्रवण गरि प्रसाद ग्रहण गरदिन समपुर्णमा हार्दीक निमन्त्रणा गरेको बताए ।