कञ्चनपुर। कञ्चनपुरको गड्डाचौकीमा चाड पर्वलाई लक्षित गरी तालिम प्राप्त ‘लिली’ नामको कुकुर खटाइएको छ । पश्चिमी सीमा नाका गड्डा चौकी क्षेत्रमा हुने अवाञ्छित गतिविधिसँगै अपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कुकुर सहितको सुरक्षा व्यवस्था गरिएको हो। गड्डाचौकीनाका भारतसँग जोडिएको मुख्य नाका हो । यो नाका भएर दशैँ तिहारका लागी दैनिक सयौँ संख्यामा यात्रूहरु भित्रिएका छन्।
सीमा नाका हुँदै दैनिक सयौँको संख्यामा यात्रुहरू आउन थालेका छन् । सीमा नाकामा दशैं मनाउनका लागि भारतबाट आउनेहरुको भीड बढे सँगै सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले बताए । सीमानाका भएर प्रतिबन्धित वस्तु, हातहतियार, विष्फोटक पदार्थ, र लागुऔषध लगायत भित्रिन सक्ने भएकाले चेकजाँचमा कडाई गरिएको उनले बताए।
‘लिली नामक कुकुर धनगढी स्थित प्रदेश प्रहरी कार्यालय शाखाबाटसुरक्षाकर्मीसँगै खटाइएको हो। कसैले लुकाई छिपाई त्यस्ता सामाग्रीहरु ल्याउन सक्ने भएकाले तालिम प्राप्त कुकुरले संघेर सजिलै थाहा पाउन सक्ने कञ्चनपुरका प्रहरी उपरीक्षक चौधरीले जानकारी दिएका छन्। धनगढीमा ६ ओटा तालिम प्राप्त कुकुरहरु रहेका छन्। यी कुकुरहरुलाई खोज तथा अनुसन्धानको कायमा खटाउने गरिएको छ।