कैलाली। धनगढीबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन। कैलालीको धनगढी उपमहानगरपालिका – २ सन्तोषी टोलबाट लागुऔषध सहित ३ जना पक्राउ परेका प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कमल भुल, नविन दौल्याल र विनोद सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुको साथबाट ७ सय ५० ग्राम लागुऔषध बरामद गरिएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।