कैलाली। कैलालीको गोदावरी नगरपालिका-८ स्याउले बजारमा जे.एस.के.फेसन प्यालेस सञ्चालनमा आएको छ। स्थानीय युवा व्यवसायी प्रताप साउँद र मधुसुदन पन्तको लगानीमा सो प्यालेस सञ्चालनमा ल्याएका हुन्। करिब २५ लाखको लगानीमा आफूहरुले कपडा पसल सञ्चालनमा ल्याएको व्यवसायी प्रताप साउँदले बताए।
आफूहरुको पसलमा सस्तो र सुपथ मूल्यमा महिला, पुरुष र बच्चाका विभिन्न किसिमका कपडादेखि जुत्ता चप्पलसम्म पाइने जानकारी दिए। पसल सोमबार घटस्थापनाको अवसरमा उद्घाटन गरिएको थियो । स्थानीयको सुविधाका लागि कपडा पसल सञ्चालनमा ल्याएको व्यवसायी साउँदले बताए। दशैतिहारको अवसरमा सामान किन्दा छुटको समेत व्यवस्था गरिएको बताइएको छ। एकपटक सेवाको मौका दिन उनले सबैलाई अनुरोध गरे ।