धनगढी : आगामी मंसिर ४ गते सरकारले संघ र प्रदेशको निर्वाचनका लागी मिति घोषणा संगै अन्य तयारी थालिसकेको छ । राजनितिक दलहरु उमेदवार छान्ने कसरतमा छन् । ५ दलिय सत्ता गठबन्धनमा सबैभन्दा बढी सिट बाँडफाँडमा समस्या देखिएको छ । हालसम्म सिटको भागबन्डा मिलिसकेको छैन । तर कैलाली क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री पत्नि आरजु राणा देउवा चुनाव लड्ने भनेपछि माओवादीले त्यति खाशै दावी देखाएको थिएन ।
तर पछिल्लो समय आरजुले ब्याक हुँदै प्रदेशसभा सदस्य समेत रहेका डिल्लीराज पन्तलाई प्रतिनिधीसभाको टिकट दिने तयारी गरेपछि माओवादीलेपनि कडा रुपमा दावी प्रस्तुत गरेको छ । माओवादी केन्द्रबाट संघका लागी सिफारिश भएका शंकर लुहार “धुगाल” अहिले बलियो रुपमा प्रस्तुत भएका छन् । कैलाली क्षेत्र नम्बर ५ मा माओवादी काग्रेंसपछिको बलियो शक्ती भएका कारण यहाँ बलियो दावी रहेको उनले बताएका छन् ।
जनयुद्धमा जेल जिवन समेत बिताएका धुगाल आफ्नो काम भन्दापनि समाजसेवा र पुर्णकालिन राजनितिमा उनले समय दिए । बिभिन्न आन्दोलनमा सक्रिय भुमिका खेलेका धुगाल गेटा मेडिकल कलेज निर्माणका लागी भएको संघर्ष समिति अध्यक्ष थिए । गेटा मेडिकल कलेज निर्माण शुरु गर्नुपर्ने माग राख्दै बिभिन्न आन्दोलनपछि बल्ल मेडिकल कलेजका संरचना निर्माण शुरु भएको थियो । यस्तै प्रदेश आयुर्वेद चिकित्सालय संघर्ष समितिको संयोजक भएरपनि उनले आन्दोलन थाले । यस्तै राना, थारु, चौधरी सघं्रालयको अध्यक्ष भएरपनि उनले सघ्रांलय सञ्चालनमा महत्वपुर्ण योगदान दिए । कैलाली क्षेत्र नम्बर ५ का अधिकाशं खानेपानी उपभोक्ता समुहका सल्लाहकार, तटबन्धन कार्यक्रममा सल्लाहकार लगायत बिकास निर्माणका कार्यमा उनको भुमिका उल्लेख्य रहेको छ ।
माओवादी केन्द्रका नेता तथा दलित मुक्ती मोर्चाका केन्द्रिय सदस्य समेत रहेका शंकर लुहार “धुगाल” यतिबेला कैलाली ५ बाट प्रतिनिधीसभा सदस्यको लागी सिफारिश भएका हुन् । उनले आफ्नो बलियो दावी रहेको भन्दै जित्ने आधार प्रसस्त रहेको बताए । म कैलाली क्षेत्र नम्बर ५ का जनताको हरेक समस्यामा गएको मान्छे हुँ उनले भने “यहाँका बिकास निर्माण देखी मुक्तीका आन्दोलनमा मेरो उल्लेख्य भुमिका छ, मेरो मुल्याकंन जनताले गर्नुभएको छ त्यस कारण मैले कैलाली ५ बाट उमेदवार बन्ने इच्छा राखेको हुँ, गठबन्धनमा म बलियो उमेदवार हुँ ।”
म आफै उमेदवार बन्न लागेको होइन उनले भने “मेरा शुभचिन्तकले यत्तिको काम गर्ने मान्छे हाम्रो प्रतिनिधी हुनुपर्छ भनेर भनेपछि मात्रै म तयार भएको हुँ, मेरो योगदानलाई पार्टीले मुल्याकंन गर्दै गठबन्धनको टिकट दिए सजिलो तरिकाले म बिजयी हुन्छु ।”